
नयाँ दिल्ली, 19 दिसम्बर (हि.स.)। दिल्ली पुलिस अकादमीले शुकवार झरोदा कलाँ परिसरमा पासिङ आउट एवं शपथ ग्रहण समारोहको आयोजन गऱ्यो। यस समारोहमा दिल्ली पुलिसको ब्याच नम्बर–07 का 16 हेड कन्स्टेबल (असिस्टेन्ट वायरलेस अपरेटर) औ लद्दाख पुलिसको ब्याच नम्बर–01 का 27 कन्स्टेबल (टेलीकम अपरेटर)-ले सफलतापूर्वक आफ्नो प्रशिक्षण पूर्ण गरे। यी 43 जना प्रशिक्षणार्थीहरूमा 11 जना महिला पुलिसकर्मी पनि सामेल छन्।
जानकारी अनुसार समारोहमा मुख्य अतिथिका दिल्ली पुलिस अकादमीका डिप्टी डायरेक्टर माेहम्मद अली उपस्थित रहेका थिए। उनले प्रशिक्षणार्थीहरूलाई बधाई दिँदै भने, आधुनिक पुलिससिंगमा सञ्चार तथा वायरलेस सेवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। यो प्रशिक्षणले उनीहरूलाई तकनिकी रूपमा दक्ष बनाउन साथै अनुशासन र कर्तव्यनिष्ठको भावना पनि विकसित गर्नेछ।
यस अवसरमा दिल्ली पुलिस अकादमीका असिस्टेन्ट डाइरेक्टर राजेश दहियाले नव-प्रशिक्षित असिस्टेन्ट वायरलेस एवं टेलकॉम अपरेटरहरूलाई शपथ दिलाए। उनले प्रशिक्षणार्थीहरूसित इमानदारी, समर्पण र पेशागत दक्षताको साथमा आफ्नो कर्तव्यलाई निर्वहन गर्ने आह्वान गरे।
अकादमी अधिकारीहरू अनुसार यस ब्याचमा 27 प्रशिक्षणार्थी लद्दाख, 4 उप्र, 3 हरियाणा, 7 राजस्थान औ 2 दिल्लीबाट सामेल छन्। प्रशिक्षण कार्यक्रमलाई दुई चरणमा संचालन गरियो। पहिलो चरणमा दिल्ली पुलिस अकादमी 15 सप्ताहको इण्डोर र आउटडोर प्रशिक्षण आयोजना गरियो भने दोस्रो चरममा सञ्चार एकाईका विभिन्न प्रतिष्ठानहरूमा साढ़े पाँच महिनाको व्यवहारिक प्रशिक्षण गराइयो।
समारोहको अन्तमा मुख्य अतिथिले सबै नवप्रशिक्षित पुलिसकर्मीहरूलाई उनीहरूको उज्जवल भविष्यको लागि शुभकामना दिए साथै प्रशिक्षण दिने अधिकारी तथा स्टाफहरूको प्रयासको सराहना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा