प्लास्टिक क्यारी ब्याग विरोधी आन्दोलन जारी राख्नेछ कन्सर्न फर कलकत्ताले
प्लास्टिक क्यारी ब्याग विरोधी आन्दोलन जारी राख्नेछ कन्सर्न फर कलकत्ताले


कोलकाता, 19 दिसम्बर (हि. स.)। गैर सरकारी संगठन कन्सर्न फर कलकत्ताले प्लास्टिक क्यारी बैगको प्रयोग विरोधी आफ्नो आन्दोलनलाई जारी राख्नेछ अनि विभिन्न बजारहरूको बाहिर सुती र जुटका ब्यागहरू वितरण गर्न शुरू गर्नेछ। उपरोक्त घोषणा संस्थानका अध्यक्ष नारायण जैनले 40औं वर्षगाँठ समारोहलाई सम्बोधन गर्ने क्रममा गरेका हुन्।

कोलकाताको स्याटरडे क्लबमा आयोजित कार्यक्रममा चर्चित वक्ताहरूले शहरको विकासमा योगदानमाथि बहुमूल्य विचार साझा गरे। प्रसिद्ध टेक्नोक्रेट तथा उद्योगपति मुरारी लाल लोहियाले युवाहरूलाई सामेल गर्न तथा स्कूलका बाल-बालिकाहरूमा पर्यावरणको मुद्दा, फोहोर प्रबन्धन तथा प्लास्टिकको उपयोगलाई कम गर्ने बारेमा जागरूकता फलाउनेमाथि बल दिए। उनीहरूले अवैध अतिक्रमणको कारणले कलकत्ता हिँड़्ने योग्यका फुटपाथहरूको अभावमाथि प्रकाश पारे।

भारत च्याम्बर अफ कमर्सका पूर्व अध्यक्ष रमेश कुमार सरावगीले लोहियाका विचारहरूलाई समर्थन गर्दै केही परियोजनाहरूलाई लागू गर्नको लागि एउटा कोर कमिटी बनाउने प्रस्ताव दियो।

पूर्व आईएएस अधिकारी सी.एम. बच्छावतले 40 वर्षको लामो अवधिसम्म कन्सर्न फर कलकत्ता- का सामाजिक सेवाहरूको प्रशंसा गरे।

सीए केएन गुप्ताले कार्यक्रमको संचालन गरेका थिए।

यस अवसरमा समीर दत्त, बीजी रय, केएस अधिकारी, तपन गुप्तू, पवन पहारिया, राजेन्द्र खण्डेलवाल, अशोक पुरोहित, दीपक जैन, लेखा शर्मा, पीयूष दोषी, शरत झुनझुनवालाको सक्रिय सहयोग प्राप्त भएको थियो। कार्यक्रममा मुम्बईकी गायिका कोयल त्रिपाठी, पिंकी साहा र गंगा पचिसियाले शानदार संगीत कार्यक्रम प्रस्तुत गरे भने धन्यवाद ज्ञापन ओ.पी. झुनझुनवालाले गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande