
नयाँ दिल्ली, 2 दिसम्बर (हि.स.)। आईजीआई एयरपोर्ट थाना पुलिसले जाली भिजा ऱ्याकेटको विरोधमा लगातार गरिरहेको कारबाही अन्तर्गत एउटा ठूलो अन्तर्राज्यीय नेटवर्कको भण्डाफोर गरेको छ। यो गिरोह तमिलनाडु र तिरूचिरापल्ली जिल्लामा सक्रिय थियो जसले भारतीय युवाहरूलाई फ्रान्समा नोकरी दिलाउने नाममा जाली फ्रेन्च डी-टाइप भिजा उपलब्ध गराउँथ्यो। पुलिसले मामिलामा मुख्य एजेन्स वी. कन्ननलाई तमिलनाडुबाट पक्राउ गरेको छ भने अन्य सहयोगीहरूको खोजी जारी छ।
आईजीआई एयरपोर्टका पुलिस उपायुक्त विचित्र वीरले मंगलवार बताए, गत 28 अक्टोबर, 2025 -मा तीनजना भारतीय यात्रीहरू क्रमैले नवीराज सुब्रमणियम (23), मोहन गान्धी इलंगोवन (38) औ प्रभाकरण सेंथिलकुमार (28) पेरिस जानका लागि टर्मिनल-3 मा इमिग्रेशन काउन्टरमा पुगे। जाँच अवधि उनीहरूको पासपोर्टमा टाँसिएको फ्रेन्च डी-टाइप भिजालाई संदिग्ध पाइयो अनि महत्वपूर्ण सुरक्षा फिचर्स रहित भएको कारणले जाली घोषित गरियो। त्यसपछि आईजीआई एयरपोर्ट थानामा बीएनएस र पासपोर्ट अधिनियम अन्तर्गत मामिला दर्ता गरियो। जाँचबुझमा खुलासा भयो, नवीराजको भिजा उसको भाइले 6 लाख रुपियाँमा बनाएको थियो भने मोहन गान्धी र प्रभाकरणलाई जाली भिजा स्थानीय एजेन्टले 12-12 लाख रुपियाँमा उपलब्ध गराएको थियो।
पुलिस उपायुक्त अनुसार मामिलालाई गम्भीर रूपमा लिेर इन्स्पेक्टर वीरेन्द्र त्यागीको देखरेखमा पुलिस टीमले तकनिकी निगरानी तथा स्थानीय इनपुटको आधारमा 55 वर्षीय एजेन्ट वी. कन्ननलाई तमिलनाडुको नंजई अडियारबाट समात्यो। जाँचबुझमा कन्ननले बताए, उसले परमाथीको एक सरकारी सम्बद्ध आईटीआई संचालन र्छ साथै वेट्री ओवरसीज़ नामक ओवरसीज़ एजुकेशन कन्सल्टेन्सी पनि अपरेट गर्छ।
आरोपीले अझ बतायो, उसले आफ्नो साथी साथिक सैयदसित मिलेर अहिलेसम्ममा 16 जना युवाहरूलाई पेरिसमा वेयरहाउसको नोकरी दिलाउने प्रलोभन देखाएर जाली भिजा दिलाइसकेको छ। राशि ब्यांक ट्रान्सफर तथा नगद दुवै प्रकारले भुक्तान गरिएको थियो।
आईजीआई एयरपोर्ट पुलिसले बतायो, नोबेम्बर, 2025-मा 26 जना मानिसहरूलाई जाली भिजा/पासपोर्ट मामिलामा पक्राउ गरिएको छ जसमध्ये 6 जना एजेन्ट सामेल छन्। यसरी नै हवाईअड्डामा अवैध गतिविधि तथा दलालीमाथि लगाम लगाउँदै 28 जनालाई समातियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा