
कोलकाता, 02 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026- को विधानसभा चुनाउको लागि लगभग 15 हजार अतिरिक्त मतदान केन्द्र बनाइनेछ। मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालय सूत्र अनुसार यसमध्ये अधिकांश मतदान केन्द्र निजी हाउसिङ कम्प्लेक्सभित्र स्थापना गरिनेछ।
सूत्रले बतायो, पछिल्लो वर्ष 2024- को लोकसभा चुनाउमा राज्यमा मोठ 80 हजार 681 पोलिङ बूथ थियो। विधानसभा चुनाउ- 2026 को लागि यो संख्यालाई बढ़ाएर 95 हजार 668 बनाइनेछ। यसको अर्थ हो, आगामी वर्ष राज्यमा 14 हजार 987 नयाँ मतदान केन्द्रलाई जोड़िनेछ।
यस वृद्धिलाई मध्यनजर गर्दै चुनाउ आयोगले जिल्लाधिकारी (जसलाई जिल्ला निर्वाचन अधिकारी पनि भनिन्छ)-हरूलाई निर्देश पठाइएको छ, उनीहरूले ती विशाल हाउसिङ कम्प्लेक्सहरूलाई चिन्हित गरून् जहाँ अग्ला भवन (हाई-राइज टावर) छ अनि जहाँ मतदान केन्द्र खोल्न सकिन्छ।
सीईओ कार्यालयका एकजना अधिकारीले भने, “यी निर्देशहरूलाई हेरेर यो मानिँदैछ कि 14 हजार 987 अतिरिक्त बूथहरूको अधिकांश भाग यस्तै हाउसिङ कम्लेक्सहरूमा बनाइनेछ। यीमध्ये अधिकांश बूथ कोलकाता र अन्य प्रमुख जिल्ला शहरहरूमा हुनेछ जहाँ यसप्रकारको हाई-राइज हाउसिंग कम्प्लेक्स अधिक छ।”
चुनाउ आयोगले मानिसकेको छ, बढ़्दो जनसंख्या अनि शहरीकरणलाई ध्यानमा राखेर हाउसिङ कम्प्लेक्सहरूभित्र बूथ बनाउनु मतदाताहरूको सुविधा अनि भीड़ प्रबन्धनको लागि एउटा उचित कदम हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा