भाजपा अध्यक्ष जेपी नड्डालाई मुख्यमन्त्री सरमाले दिए जन्मदिनको बधाई
भाजपा अध्यक्ष जेपी नड्डालाई मुख्यमन्त्री सरमाले दिए जन्मदिनको बधाई


गुवाहाटी, 02 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जेपी नड्डालाई उनको जन्मदिनमा शुभकामना दिएका छन्। मुख्यमन्त्रीले मंगलवार सोशल मीडिया एक्समा लेखे, ''राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जेपी नड्डाजीलाई जन्मदिनको हार्दिक शुभकामना।

उनको सरलता, विनम्रता औ कर्मठ नेतृत्वले उनलाई कार्यकर्ता अनि देशवासीमाझ अत्यन्त प्रिय बनाइदिएको छ। संगठनलाई सशक्त बनाउन तथा देश सेवामा उनको योगदानको लागि हामी सदैव उनीप्रति आभारी छौं। माँ कामाख्या तथा महापुरूष श्रीमन्त शंकरदेवसित प्रार्थना छ कि उनीहरूले उनलाई लामो, स्वस्थ एवं ऊर्जावान जीवन प्रदान गरून्।''

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande