असम दिवसमा मुख्यमन्त्रीले स्वर्गदेव चाओलुंग सुकाफालाई गरे नमन
असम दिवसमा मुख्यमन्त्रीले स्वर्गदेव चाओलुंग सुकाफालाई गरे नमन


गुवाहाटी, 02 दिसम्बर (हि.स.)। असम दिवसको अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार स्वर्गदेव चाओलुंग सुकाफालाई स्मरण गर्दै उनलाई नमन गरे।

उनले सोशल मीडिया पोस्टमा भने, सुकाफाले असममा अहोम साम्राज्यको स्थापना गरी असमिया जातिको सशक्त जग बसालेका थिए। उनले असम भूमिलाई मात्र जीवन्त बनाएनन्, आफ्नो दूरदर्शी नेतृत्व, विवेकपूर्ण सोच औ सशक्त निर्णयहरूको बलमा असमिया समाजलाई गौरवपूर्ण स्थान पनि दिलाए। राज्य सरकारले सुकाफाका स्मृतिहरूलाई अमर राख्नका लागि धेरैवटा परियोजनाहरू संचालन गरिरहेको छ। भविष्यमा पनि उनको सम्मानमा निरन्तर कदम चालिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande