चक्रवात दित्वाको प्रभावः चेन्नई एयरपोर्टमा पर्याप्त यात्रीहरूको अभावमा केही उड़ानहरू रद्द
चक्रवात दित्वाको प्रभावः चेन्नई एयरपोर्टमा पर्याप्त यात्रीहरूको अभावमा केही उड़ानहरू रद्द


चेन्नई, 2 दिसम्बर (हि.स.)। बंगालको खाड़ीबाट उठेको चक्रवात 'दित्वा'- को कारणले पछिल्लो दुई दिनदेखिको कोलम्बो जाने उड़ानहरू सहित केही उड़ानहरूलाई चेन्नईपछि रद्द गरियो। यस अतिरिक्त यात्रीहरूको संख्या अपर्याप्त भएको कारणले मंगलवार पनि चेन्नई हवाईअड्डामा केही उडानहरूलाई अचानक रद्द गरिएको छ। विमान सेवा रद्द भएको कारणले प्रभावित यात्रीहरूको लागि विमान कम्पनीले वैकल्पिक व्यवस्था गरिरहेको छ।

चेन्नईमा कुनै विशेष तीव्र हावा वा वर्षा नभए पनि उड़ान सेवाहरूलाई रद्द गरिएको कारणले यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। जानकारी अनुसार वर्तमानमा यहाँदेखि चक्रवात पूर्व-दक्षिण पूर्व लगभग 40 किमी टाड़ा रहेकोले घना वर्षा भइरहेको छ। फलस्वरूप आम जनजीवन प्रभावित भएको छ। सबै मानिसहरू घरभित्रै फसेका छन्।

पर्याप्त यात्रीहरूको संख्या नभएको कारणले आज अण्डमान, अहमदाबाद, मुम्बई जाने पाँच वटा घरेलु तथा इण्डोनेशिया जाने एक अन्तर्राष्ट्रिय उड़ानलाई रद्द गरिएको छ। एयर पाेर्ट प्रशासनले बिहान 3.55 बजे चेन्नई-अहमदाबाद इण्डिगो एयरलाइन्स यात्री उड़ान, बिहान 4.40 बजे चेन्नई-अण्डमान इण्डिगो विमान, बिहान 5.25 बजे चेन्नई-मुम्बई इण्डिगो एयरलाइन्स, बिहान 5.30 बजे चेन्नई-गुवाहाटी इण्डिगो एयरलाइन्स विमान औ अपरान्ह 12.25 बजे कोच्चिदेखि चेन्नई तर्फ जाने इण्डिगो एयरलाइन्स विमानको उड़ानलाई अचानक रद्द गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande