दिल्लीमा स्कूलहरूको सुरक्षाको निम्ति डिजास्टर रेडी स्कूल्स क्याम्पेन आरम्भ
दिल्लीमा स्कूलहरूको सुरक्षाको निम्ति डिजास्टर रेडी स्कूल्स क्याम्पेन आरम्भ


नयाँ दिल्ली, 2 दिसम्बर (हि.स.)। दिल्लीका विद्यालयहरूमा बाल-बालिकाहरूको सुरक्षालाी अझ सशक्त बनाउने ध्येय लिएर मंगलवार मुख्यमन्त्री रेखा गुप्ताले 2,082 स्कूलहरूमा आपदाको लागि बनाइएको स्कूल अभियान (डिजास्टर रेडी स्कूल्स क्याम्पेन)-लाई औपचारिक रूपमा शुरू गरिन्। यस अवसरमा उपराज्यपाल विनय कुमार सक्सेना औ मन्त्री आशिष सूद पनि उपस्थित थिए।

मुख्यमन्त्रीले बताइन्, अभियानलाई राजधानीका सबै स्कूलहरूसम्म विस्तार गर्नुछ ताकि हरेक बाल-बालिका, हरेक शिक्षक-शिक्षिका तथा हरेक संस्था आपदाको स्थितिमा पूर्ण रूपमा तयार हुन सकोस्। यस अभियान अन्तर्गत प्रत्येक स्कूलले आफ्नो आपदा प्रबन्धन योजना बनाउनेछ साथै नियमित मक ड्रिल्स आयोजना गर्नेछ ताकि बाल-बालिकाहरूलाई आपतकालीन स्थितिमा शान्त रहेर सही कदम उठाउने ट्रेनिंग प्राप्त होस्। स्कूलका टीमहरूलाई पनि विषेष प्रशिक्षण दिइनेछ जुन वास्तविक संकटको अवस्थामा धेरैजनाको जीवन बचाउनमा सहयोगी साबित होस्। यस महत्वपूर्ण पहललाई एनडीएमए, डीडीएमए औ शिक्षा विभागद्वारा संयुक्त रूपमा अगाड़ि बढ़ाइँदैछ ताकि कुनै पनि स्कूल सुरक्षाको तयारीमा नपछाडियोस्।

आशिष सूदले भने, एनडीएमए, डीडीएमए औ शिक्षा विभागको समन्वित प्रयासले चाँड़ै नै अभियानले 5.500 भन्दा अधिक स्कूलहरूलाई कभर गर्नेछ जसबाट दिल्लीका प्रत्येक बाल-बालिकाको लागि अधिक तयार, आत्मविश्वासी तथा लचिलो भविष्य तयार पार्न सकियोस्। अभियानको शुभारम्भको अवसरमा एनडीए र डीडीएमएका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande