ओडिशामा नक्कली औषधिको जालः चार वर्षभित्रमा 168 नक्कली औषधि समातियो
ओडिशामा नक्कली औषधिको जालः चार वर्षभित्रमा 168 नक्कली औषधि समातियो


भुवनेश्वर, 02 दिसम्बर (हि.स.)। ओडिशामा सार्वजनिक स्वास्थ्य सुरक्षाको सन्दर्भमा चिन्ताजनक स्थिति सामु आएको छ। राज्य सरकारले विधानसभामा खुलासा गरेको छ, बितेको चार वर्षमा बजारहरूमा प्रचुर मात्रामा नक्कली तथा निम्न स्तरीय औषधिहरू बेचिँदैथ्यो।

स्वास्थ्य मन्त्री मुकेश महालिंगले विधानसभामा लिखित उत्तर दिँदै जानकारी गराए, यस अन्तरालमा 168 नक्कली र 388 निम्न गुणस्तरीय औषधिहरूलाई चिन्हित गरियो। यस खुलासाले उपभोक्ता तथा स्वास्थ्य विशेषज्ञहरूमा गम्भीर चिन्ता उत्पन्न गरिदिएको छ। वर्ष 2021 देखि 2024–25 बीच अधिकारीहरूले 2.5 कड़ोर रुपियाँभन्दा अधिक मूल्यको नक्कली औषधि जफत गरेका छन्। यसबाट स्पष्ट हुन्छ कि अवैध औषधि माफिला खुल्ला बजारमा व्यापक रूपमा सक्रिय छ जो स्वास्थ्य सुरक्षाको लागि गम्भीर खतरा बनिसकेको छ।

मन्त्रीद्वारा प्रस्तुत आँकड़ा अनुसार वर्ष 2021- मा 79, वर्ष 2022- मा 64, वर्ष 2023- मा 14 औ वर्ष 2024-मा अहिलेसम्ममा 11 वटा नक्कली औषधिहरू समातिसकिएको छ। यस अतिरिक्त सयकड़ौं औषधिहरू गुणस्तरको मानदण्डमा खरो नउत्रिएको कारणले ‘सबस्ट्याण्डर्ड’ श्रेणीमा पाइएको छ। यस खुलासा पश्चात आम जनतामा चिन्ता व्याप्त भएको छ, किनभने केही मानिसहरू आफ्नो नियमित तथा आवश्यक औषधिहरूको लागि स्थानीय औषधि पसलहरूमाथि निर्भर रहन्छन्। विशेषज्ञहरूको भनाइ छ, यस्तो मिसावटी वा गलत लेबल भएको औषधि सेवन गर्नाले गम्भीर खोजिम उत्पन्न गर्नसक्छ जसमा उपचार विफलता, औषधि-प्रतिरोध तथा केही मामिलाहरूमा ज्यानमारा जटिलताहरू पनि सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande