दासपुरको लखनचक गाउँस्थित गोडाउनमा आगलागी, मोटरबाइक तथा मशिन जलेर खरानी
दासपुरको लखनचक गाउँस्थित गोडाउनमा आगलागी, मोटरबाइक तथा मशिन जलेर खरानी


पश्चिम मेदिनीपुर, 2 दिसम्बर (हि.स.)। दासपुर ब्लकको लखनचक गाउँमा आज अपरान्ह लगभग 3 बजे अचानक आगो लाग्नाले कोकोहोलो मचियो। स्थानीय सूत्रानुसार घरमा बालेको दाउराको चुलाबाट निक्लेको झिल्काले नजिकै अवस्थित गोडाउनमा आगो लागेको हो।

हेर्दा-हेर्दै आगोले गोडाउनलाई पूर्ण रूपमा आफ्नो चपेटमा लियो जसले गर्दा गोडाउनमा राखिएको दुई वटा मोटर बाइक, मशिन तथा अन्य घरेलु सामानहरू जलेर खरानीमा परिणत भयो। वरपरका ग्रामीणहरूले तुरून्तै आगोलाई निभाउने प्रयास गरे, तर आगोको स्वरूप भयानक भएको कारणले व्यापक क्षति भयो।

सूचना पाउनसाथ दमकल विभाग र स्थानीय पुलिस घटनास्थलमा पुग्यो अनि आगोलाई निभाउने प्रयासमा जुट्यो, तर त्यसबेलासम्ममा सबै जलेर खरानी भइसकेको थियो। तथापि घटनामा कुनै प्रकारको ज्यानहानि भएको खबर छैन। पुलिस अनि दमकल विभागले घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande