
बांदीपोरा, 2 दिसम्बर (हि.स.)। उत्तरी कश्मीरको गुरेज उपत्याकामा नियन्त्रण रेखा निकट लागेको 'उच्च जोखिमपूर्ण जंगलको आगोलाई नियन्त्रण गरिएको छ।
बांदीपोराका डीएफओ वसिम फारूक मीरले भने, गुरेजमा बितेका केही दिनदेखिको जारी आगोलाई नियन्त्रण गरिएको छ। वन, पुलिस तथा नागरिक अधिकारीहरू अहिले पनि प्रभावित वन क्षेत्रमै तैनाथ छन्। हाल सफाई अभियान शुरू गरिएको छ ताकि यो सुनिश्चित गर्न सकियोस् कि कुनै आधा जलेको अवशेषहरू बचेको त छैन जसबाट फेरि आगो लाग्न सक्ने सम्भावना रहेको होस्।
अधिकारीहरू अनुसार आगो 20-30 हेक्टेयर क्षेत्रफलसम्म फैलिसकेको थियो जसमा वन सतह क्षेत्र पनि सामेल छ।
अधिकारीहरूले बताए, आगो लागेको क्षे6 एलओसीको नजिकमा रहेको कारणले अपरेशन जटिल भयो, किनभने उनीहरूलाई सेनालाई विश्वासमा लिनुपऱ्यो। तथापि अधिकारीले आगो निभाउनमा सहयोग पुऱ्याउने सबै मानिसहरूप्रति आभार व्यक्त गरे।
उनीहरूले भने, गुरेजको बाकतोरमा भयानक आगो लाग्नको साथै बांदीपोरा वन क्षेत्रमा केही सानो आगो लागेको थियो अब दुवै नियन्त्रणमा छ।
बांदीपुरामा हाल जंगलमा आगो लागेको छैन। मौसम शुष्क अनि इन्धनको भार अधिक भएको कारणले आगो लागिरहेको छ। जंगलमा जानेहरू होशियारी हुनुपर्छ। जंगलमा आगो लाग्नु हुँदैन। जहाँ पनि सम्भव भए सम्बन्धित रेञ्ज अधिकारी वा डीएफओसित अनुमति लिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा