
खड़गपुर, 02 दिसम्बर (हि.स.)। आईआईटी खड़गपुर र एसएनएफ फ्लोप्याम इण्डिया प्रा. लि.-ले तेल एवं ग्यास इञ्जीनियरिंग क्षेत्रमा संयुक्त अनुसन्धान, नवाचार तथा तकनिकी समाधान विकसित गर्ने उद्देश्यले एक सम्झौता ज्ञापन (एमओयू)-मा हस्ताक्षर गरेका छन्।
एसएनएफ फ्लोप्याम इण्डिया प्रा. लि., वैश्विक एसएनएफ समूहको सहायक कम्पनी, पानीमा घुलनशील पलिमरहरूको अग्रणी निर्माता हो। यसको उत्पाद अपशिष्टलाई जल उपचार, उन्नत तेल पुनर्प्राप्ति, वस्त्र, कागज़ निर्माण औ तेल एवं ग्यास उद्योगमा व्यापक रूपमा उपयोग गरिन्छ। कम्पनीले दिगो विकास तथा नावाचारलाई केन्द्रमा राख्दै उन्नत पलिमरहरूलाई विकसित गर्दछ।
हस्ताक्षर समारोहमा शीतल खोत, चेयरम्यान एवं प्रबन्ध निदेशक, एसएनएफ फ्लोम्याम इण्डिया प्रा. लि., प्रो. देबलय चक्रवर्ती, कार्यवाहक डीन (आर एण्ड डी), आईआईटी खड़गपुर, सन्तनु दास, उपपञ्जीयक, आईआईटी खड़गपुर, प्रो. परेश नाथ सिंघा राय र प्रो. सन्दीप डी. कुलकर्णी उपस्थित थिए।
शीतल खोतले वास्तविक फिल्ड चुनौतीहरूको समाधानको निम्ति अनुसन्धान-अधारित सहयोगलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे। यो एमओयू आईआईटी खड़गपुरको अनुसन्धान क्षमता र एसएनएफ औद्योगिक विशेषज्ञतालाई जोड़ेर व्यावहारिक तथा नवाचारी समाधान विकसित गर्ने दिशामा एक महत्वपूर्ण कदम हो जसको उद्योगमाथि प्रत्यक्ष प्रभाव पर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा