
पिथौरागढ़, 2 दिसम्बर (हि.स.)। भारत–नेपाल सीमामा धारचूला खण्डको छारछुम क्षेत्रमा निर्माणाधिन मोटर सेतुको संचालन सम्बन्धि प्रगतिलाई लिएर कलेक्ट्रेटमा जिल्लाधिकारी आशिष भटगांईद्वारा समीक्षा गरियो। सहायक अभियन्ता अरुण कुमार, लोक निर्माण विभाग अस्कोटद्वारा जिल्लाधिकारीलाई पीपीटी प्रस्तुतिको माध्यमबाट वर्तमान स्थिति बारे अवगत गराइयो।
सहायक अभियन्ताले बताए, सेतु निकट एप्रोच रोडसित सम्बन्धित तकनिकी समस्याको कारणले सेतुलाई अहिलेसम्म यातायातको लागि खोल्न सकिएको छैन। उनले भने, यस कार्यमा द्रूत गतिमा प्रगति भइरहेको छ तथा यसलाई चाँड़ै पूरा गरिनेछ जसपश्चात सेतुलाई संचालनमा ल्याउनमा कुनै बाधा उत्पन्न हुनेछैन। साथै एसएसबी, पुलिस, कस्टम, आईटीबीपी एवं आईबी जस्ता सीमा सुरक्षा एजेन्सीहरूको चेक पोस्ट स्थापनाको निम्ति अतिरिक्त बजेटको माग पनि प्रस्तुत गरियो। उनले बताए, सीमा सुरक्षा एवं आवागमन नियन्त्रण व्यवस्थालाई सुचारू राख्नको निम्ति यी चेकपोस्टहरू निर्माण गर्न आवश्यक छ।
जिल्लाधिकारीले आवश्यक धनराशि उपलब्ध गराउने आश्वासन दिँदै स्पष्ट निर्देश दिए, कार्यलाई प्राथमिकता दिँदै चाँड़ै पूर्ण गरिनेछ। उनले यो पनि निर्देशित गरे, जबसम्म चेकपोस्ट पूर्ण रूपले निर्माण हुँदैन तबसम्म सीमा सुरक्षा अनि यातायातलाई सुनिश्चित गर्नको लागि अस्थायी चेकपोस्टको व्यवस्था गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा