
गान्तोक, 2 दिसम्बर (हि.स.)। वाटरशेड महोत्सव २०२५ अन्तर्गत निर्माण हुने मार्केट सेडको शिलान्यास कार्यक्रम हिजो १ दिसम्बर, २०२५ का दिन लबी, मङ्गनमा सम्पन्न भयो। यस अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित प्रिमिटिभ ट्राइबका अध्यक्ष छेवाङ नर्बु लेप्चिले भूमि पूजन सम्पन्न गरे।
आफ्नो संक्षिप्त सम्बोधनका क्रममा प्रमुख अतिथि लेप्चाले बेञ्च टेरेसिङ, बागबानी रोपाइँ र गोठालो विकासजस्ता क्षेत्रमा हुँदै आएका उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दै पीएमकेएसवाई डब्ल्युडीसी–2.0 मार्फत वन तथा पर्यावरण विभागद्वारा सञ्चालित पहलको प्रशंसा गरे। उनले साग-सब्जी स्टलको उपयोग गर्न स्थानीय समुदायलाई उत्साहित गर्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गरे।
कार्यक्रमको अगुवाई टाशी वाङ्ग्याल लाचेनपा (एसीएफ) र नोर्देन छिरिङ भोटिया (आरओ) ले गरेका थिए। कार्यक्रममा पनी फेन्सोङ पञ्चायतका अध्यक्ष छु जिङ लेप्चा, अन्य पञ्चायत सदस्यहरू, स्थानीय बासिन्दा तथा सामाजिक वन प्रभाग, मङ्गनका अधिकारी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल