
पटना, 02 दिसम्बर (हि.स.)। बिहारको किशनगञ्ज जिल्लामा निगरानी विभागको टीमले मंगलवार व्यापक कारबाही गर्दै एकजना राजस्व कर्मचारीलाई 2.5 लाख रुपियाँ घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।
निगरानी विभागका अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार जिल्लाको खगड़ा निवासी ओवेस अन्सारीले निगरानी विभागलाई आवेदन गरी आरोप लगाएका थिए, जमीन परिमार्जन (म्यूटेशन)- को नाममा राजस्व कर्मचारी राजदीप पासवानद्वारा 2 लाख 50 हजार रुपियाँको माग गरिँदैछ। सिकायत प्राप्त भएपछि विभागको टीमले सम्पूर्ण मामिलाको गुप्त अनुसन्धान गऱ्यो। अनुसन्धानको क्रममा आरोप सही साबित भएपछि टीमले घूसखोर कर्मचारीलाई पक्राउ गर्नको लागि धराप थाप्यो।
मंगलवार निगरानी विभागको सात सदस्यीय टीमले प्रखण्ड कार्यालय क्षेत्रमा छापामारी गऱ्यो। यसै अवधि अभिषेक होटल नजिक राजस्व कर्मचारी राजदीप पासवानलाई घूसको राशि लिँदै गर्दा ठाउँबाटै पक्राउ गऱ्यो। पक्राउपछि कर्मचारीसित जाँचबुझ गरिँदैछ।
निगरानी विभागका डीएसपी विनोद कुमारले बताए, सिकायतकर्ता ओवेस अन्सारीको पक्षबाट प्राप्त सिकायतमा कारबाही गरियो। जाँचमा मामिला सही पाइयो जसपश्चात योजनाबद्ध ढंगमा राजस्व कर्मचारीलाई पक्राउ गरिएको छ। उनले भने, भ्रष्टाचारको मामिलामा विभाग कड़ा छ र यस्तो कारबाही आगामी दिनमा पनि जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा