
कोलकाता, 2 दिसम्बर (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अवधि चुनाउ आयोगले पश्चिम बंगालका यस्ता 2,208 बूथहरूलाई चिन्हित गरेको छ जहाँ एकजना पनि मृत, दोहोरो वा स्थानान्तरित मतदाताको नाम दर्ता भएको छैन। यो आँकड़ा सोमवार साँझसम्मको हो।
मुख्य निर्वाचन अधिकारीको कार्यालयका एकजना अधिकारी अनुसार सबैभन्दा अधिक यस्ता बूथहरू दक्षिण 24 परगना जिल्लामा छन् जसको संख्या 760 रहेको छ। दोस्रो स्थानमा पुरूलिया हो जहाँ यस्ता 228 बूथ रहेका छन्। तेस्रो र चौथो स्थानमा अल्पसंख्यक बहुल मुर्शिदाबाद र मालदा जिल्ला रहेका छन् जसको आँकड़ा क्रमशः 226 तथा 216 रहेको छ।
यस अतिरिक्त सम्पूर्ण राज्यमा यस्ता 582 बूथ भेटिएको छ जहाँ मात्र एउटा मामिला सामु आएको छ, चाहे मृत होस् वा दोहोरो नाम वा स्थानान्तरित मतदाता। 420 बूथहरूमा यस्ता 2 मामिला भेटिएको छ।
यसैबीच भारतीय जनता पार्टी (भाजपा)-ले यस सम्पूर्ण मामिलामा गम्भीर सन्देह व्यक्त गरेको छ। उनीहरूको भनाइ छ, यस्तो व्यापक रूपमा ‘शून्य’ त्रुटि भएको बूथ भेटिनु संदिग्ध छ।
कोलकाता नगरनिगमका पार्षद औ भाजपा नेता सजल घोषले भने, यो आँकड़ा भरोसायोग्य छ जस्तो लाग्दैन। यी बूथहरूबाट एकत्र गरिएको पञ्जीयन फारमको तत्काल पुनरीक्षण हुनुपर्छ।
उल्लेखनीय छ, विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पनि मतदाता सूचीमा 1.25 कड़ोर नाम दर्ता हुनुलाई संदिग्ध बताउँदै यसको अडिट गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा