
कोलकाता, 02 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको स्पेशल इन्टेन्सिव रिविजन (एसआईआर)-लाई लिएर राजनीतिक विवाद लगातार बढ़िरहेको छ। यसैबीच चुनाउ आयोगले स्पष्ट पाऱ्यो, काम सुचारू रूपमा भइरहेको छ। ड्राफ्ट मतदाता सूचीलाई आगामी 16 दिसम्बरमा जारी गरिनेछ।
चुनाउ आयोग मुताबिक, गए सोमवार साँझसम्ममा प्राप्त एन्यूमरेशन फारमको डिजीटाइजेशनको आधारमा अनुमान लगाइएको छ, ड्राफ्ट सूचीबाट 43.30 लाख नामलाई हटाइनेछ। अधिकारीहरू अनुसार डिजिटाइजेशन प्रक्रिया पूरा भए यो संख्या बढ़्न पनि सक्छ।
सूत्र अनुसार हटाइने नामहरूमा 21.45 लाख मृत मतदाता छन् भने 5.50 लाख मतदाताहरू यस्ता छन् जसलाई अहिलेसम्म चिन्हित गर्न सकिएको छैन। लगभग 15.10 लाख मतदाताले आफ्नो बस्ने ठेगाना परिवर्तन गरिसकेका छनन् भने 1 लाखभन्दा कम मतदाताहरू नक्कली पाइएको छ। चुनाउ आोगका एकजना अधिकारीले भने, “केही मतदाताहरूलाई हाल चिन्हित गर्न नसकिए पनि अग्रिम जाँचमा उनीहरूको बारेमा पत्तो लाग्नसक्छ।”
स्मरण गराइन्छ, 27 अक्टोबरसम्ममा पश्चिम बंगालमा 7 कड़ोर 66 लाख 37 हजार 529 पञ्जीकृत मतदाता थिए।
यसीबीच सत्तारूढ़ तृणमूल कंग्रेसले एसआईआरविरूद्ध आफ्नो आन्दोलनलाई तीव्रता दिएको छ। मुख्यमन्त्री ममता ब्यनर्जीले 3 दिसम्बरमा मालदामा, 4 दिसम्बरमा मुर्शिदाबादमा अनि 9 दिसम्बरमा कुचबिहारमा ऱ्याली गर्नेछन्। यी जिल्लाहरू सीमावर्ती हुनका साथै ठूलो संख्यामा अल्पसंख्यक, प्रवासी तथा विस्थापित जनसंख्या भएको क्षेत्र हो। गत साता उनले बनगाउँमा एउटा सभा गरेकी थिइन् जुन शरणार्थी बहुल मतुआ क्षेत्रमा सम्पन्न भएको थियो।
तृणमूल कंग्रेसको आरोप छ, एसआईआर पूर्ण रूपमा अव्यवस्थित, लापरवाह औ अमानवीय प्रक्रिया हो जसकारण अहिलेसम्ममा 40 जना मानिसहरूको मृत्यु भइसकेको छ जसमा 17 जना बूथ लेभल अधिकारीहरू पनि सामेल छन्।
गत शुक्रवार तृणमूल कंग्रेसका सांसद डेरेक ओ’ब्रायनको नेतृत्वमा एक प्रतिनिधिमण्डलले दिल्लीमा मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारसित भेट गरी आफ्नो सिकायत दर्ता गराएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा