खरूपेटियामा गोली चल्यो, युवक घाइते
खरूपेटियामा गोली चल्यो, युवक घाइते


दरंग (असम), 02 दिसम्बर (हि.स.)। दरंग जिल्लाको खारुपेटियामा गए सोमवार अबेर राती भएको गोलीकाण्डले क्षेत्रमा सन्त्राष फैलाएको छ। यस घटनामा एकजना युवकलाई गोली लागेर गम्भीर रूपमा घाइते भएको छ जसको पहिचान मुन्ना साहाको रूपमा भएको छ। उसलाई अस्पतालमा भर्ती गरिएको छ।

पुलिस अनुसार मुन्ना साहा तथा स्थानीय व्यवसायी अनन्त विश्वासबीच ब्याजको पैसालाई लिएर भनाबैरी भएको थियो। यी दुईमाझ अनन्त विश्वास नामक व्यक्तिको सुन पसलमा विवाद भएको थियो जहाँ पछि गोली चल्यो।

घटना भएको तुरून्तैपछि पुलिस दल घटनास्थलमा पुग्यो। गम्भीर रूपमा घाइते मुन्ना साहलाई अस्पतालमा पठाइदियो। पुलिसले घटनास्थलबाट एउटा नौ मिमी पेस्तोल र दुई वटा जिउँदो कारतूस जफत गरेको छ। पुलिसले व्यवसायी अनन्त विश्वासलाई हिरासतमा लिएर मामिलाको जाँच गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande