
सिलगढ़ी, 2 दिसम्बर (हि.स)। सिलगढ़ीका व्यस्त सड़कहरूमा यातायात व्यवस्थालाई सुधार्न अनि पैदल यात्रीहरूको सुविधा सुनिश्चित गर्नको लागि ट्राफिक पुलिसले मंगलवार एसएफ तथा विधान रोडमा विशेष अभियान संचालन गऱ्यो।
वास्तवमा ट्राफिक पुलिसलाई सिकायत प्राप्त भएको थियो कि केही दोकानदारहरूले सरकारी पार्किंग जोनमा आफ्नो मनमर्जीले ‘नो पार्किंग’- को बोर्ड लगाएका थिए जसबाट आम मानिसहरूको लागि निर्धारित पार्किंग व्यवस्था प्रभावित भइरहेको थियो।
त्यसैले जलपाईमोड़ ट्राफिक पुलिसले कारबाही गर्दै दोकानदारहरूलाई एक दिनको समय-सीमा दिँदै निर्देश दियो, दोकानदारहरूले आफूले लगाएको बोर्डको वैधता साबित गर्नको लागि नगरनिगमको कागज पेश गरून् अन्यथा बोर्डलाई हटाउनुपर्छ। यस अतिरिक्त फुटपाथमा कब्जा गरेर व्यापार गर्ने केही दोकानदारहरूमाथि पनि कारबाही गर्दै फुटपाथमा राखिएका सामानहरूलाई जपत गरियो।
अर्कोतिर सिलगढ़ी ट्राफिक पुलिस शहरका विभिन्न भागहरूमा अवैध कब्जालाई हटाउने प्रयासमा निरन्तर जुटिरहेको छ। यसै क्रममा मंगलवार विधान रोडमा पनि अभियान संचालन गरियो। यहाँ व्यापारीहरूले लामो समयदेखिकै फुटपाथलाई कब्जा गरेर आफ्नो दोकान राखेका थिए। कैयौं पटक चेताउनी दिँदा पनि व्यापारीहरूले आफ्नो सामान हटाएका थिएनन्। आज पुलिसले फेरि एकपटक व्यापारीहरूलाई कड़ा चेताउनी दिँदै भन्यो, यदि अब पनि फुटपाथलाई खाली गरिएन भने दोकानको सबै सामान जफत गरिनेछ। पैदल यात्रीहरूको सुरक्षा अनि यातायातको सुचारू व्यवस्थालाई ध्यानमा राखेर यस्तो अभियानलाई आगामी दिनमा पनि जारी राखिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा