
सिलगढ़ी, 2 दिसम्बर (हि.स)। दुई दिनपूर्व ईस्टर्न बाइपासको बानेश्वर मोड़मा भएको एक पीड़ादायी घटनामा 8 वर्षीय बालकको मृत्यु भएको थियो। यस घटनापछि मंगलवार सिलगढ़ीका मेयर गौतम देव पीड़ित परिवारसित भेट गर्नका लागि उनीहरूको घरमा पुगे अनि परिवारलाई सान्त्वना दिए।
मेयरले बालककी आमाबाट दुर्घटनाको सम्पूर्ण जानकारी लिए। दुःखको यस घड़ीमा हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै उनले भने, यसप्रकारका घटनाहरूलाई रोक्नका लागि उनले ईस्टर्न बाइपासको ट्राफिक व्यवस्थामा सुधार गर्नको लागि पुलिस प्रशासनसित बातचित गर्नेछन्। मेयरले मानिसहरूलाई पनि सड़क सुरक्षाप्रति जागरूक रहने सल्लाह दिए। उनले भने, बाइपासमा ट्राफिक लाइट जड़ान गर्नेमाथि विचार भइरहेको छ। दुर्घटनापछि क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ। मानिसहरूले उचित ट्राफिक नियन्त्रणको माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा