गाउँले दश वर्षपछि पायो पक्की सड़कको उपहार
गाउँले दश वर्षपछि पायो पक्की सड़कको उपहार


सिलगढ़ी, 2 दिसम्बर (हि.स)। खोरीबाड़ीको गौड़सिंगजोत गाउँले अन्ततः दश वर्षपछि पक्का सड़कको उपहार पाएको छ। सिलगढ़ी महकुमा परिषदको पहलमा मंगलवार 800 मीटर नयाँ पक्की सड़कको शिलान्यास गरियो।

स्मरण गराइन्छ, खोरीबाड़ीको रानीगञ्ज पानीशाली ग्राम पञ्चायत अन्तर्गत गौड़सिंगजोतमा सड़कको अवस्था विगत लामो समयदेखिकै दयनीत थियो। बर्खाको मौसममा सड़कमा हिलो जमिन्थ्यो जसले गर्दा स्थानीय मानिसहरू, विद्यार्थी अनि व्यापारीहरूलाई विविध समस्याको सामना गर्नुपर्थ्यो. स्थानीय मानिसहरूको मागलाई मध्यनजर गर्दै सिलगढ़ी महकुमा परिषदले 800 मीटर सड़क निर्माणको लागि 12 लाख रुपियाँको रासि स्वीकृत गरेको छ। सिलगढ़ी महकुमा परिषदमा विपक्षी दलका नेता अजय उराँवले सड़कको शिलान्यास गरे। अजय उराँवले भने, ग्रामीणहरूको वर्षौं पुरानो समस्यालाई ध्यानमा राखेर सड़क निर्माणको कार्य शुरू गरिँदैछ। ग्रामीणहरूले पनि पक्की सड़क बन्न गइरहेकोमा हर्ष व्यक्त गरेका छन्। नयाँ सड़क बनिएपछि गाउँका मानिसहरूलाई आवागमन गर्न सहज हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande