सिरसाः आफ्ना विभिन्न मागहरूलाई लिएर जिल्लाभरिका किसानहरूले गरे लघु सचिवालय घेराउ
सिरसाः आफ्ना विभिन्न मागहरूलाई लिएर जिल्लाभरिका किसानहरूले गरे लघु सचिवालय घेराउ


सिरसा, 2 दिसम्बर (हि.स.)। आफ्ना विविध मागहरूलाई लिएर सिरसा जिल्लाका किसानहरूले भारतीय किसान एकता (बीकेई)-को ब्यानर अधिनस्थ मंगलवार लघु सचिवालयमा धरना प्रदर्शन गरे। यसपूर्व किसानहरू बरनाला रोडस्थित शहीद भगत सिंह स्टेडिममा भेला भए अनि त्यहाँबाट जुलूस जस्तै प्रदर्शन गर्दै लघु सचिवालयमा पुगेर उपायुक्त सिरसालाई मुख्यमन्त्रीको नाममा ज्ञापन सुम्पिए।

बीकेईका प्रदेशाध्यक्ष लखविन्द्र सिंह औलखे भने, खरीफ -2023 मा सिरसा जिल्लाका केही किसानहरूको बीमा प्रीमियम 10-12 महिनापछि फर्किएको थियो जसको लागि किसानहरूले पहिला पनि अपील गरेका थिए कि किसानहरूबाट पुनः बीमा प्रीमियम लिएर उनीहरूलाई क्लेम जारी गरियोस्। खरीफ -2024 मा सिरसा जिल्लाका 25 वटा गाउँमा कम्पनीले आपत्ति गरेर उनीहरूको बीमा क्लेमलाई रोकिदिएको थियो जसलाई मीटिंगमा राख्नुथ्यो, तर केही महिना बितिसक्दा पनि मीटिंग भएको छैन। खेतलाई एकाई मानेर नै त्यसको नोक्सानको मूल्यांकन गरियोस्। खरीफ -2025 मा घना वर्षा, जलभराव एवं बाढ़ीले सिरसा जिल्लामा व्यापक क्षति पुऱ्याएको थियो। केसीसी भएका किसानहरूको खरीफ र रबी सीजनको बीमा प्रीमियम ब्यांकद्वारा 31 जुलाई अनि 31 दिसम्बरमा उनीहरूको मर्जीबिनै उनीहरूको खाताबाट काटिन्छ।

किसान नेता लखविन्द्र सिंहले भने, परमल धानको खरिदमा हरियाणामा व्यापक घोटाला भएको छ जसमा सिरसा जिल्ला पनि सामेल छ। कालांँवालीको फग्गु अन्न मण्डीमा नमीको नाममा किसानहरूबाट 10-20 किलो प्रतिक्विन्टल काटिएको छ। प्राइभेट शेलर मालिकहरूले आफ्नो मशिनले धानको नमीको जाँच गरेर किसानहरूको धान लुटेका छन्। किनभने जाँचमा गड़बड़ी पाइएपछि सम्बन्धित अधिकारीहरूलाई सिकायत गर्दा के पाइयो भने सरकारी मशिनबाट धानको नमी 21.3 आयो भने शेलरको मशिनमा नमी 28.7 दर्शाइयो। यस घोटालाको उच्च स्तरीय जाँच गराएर किसानहरूसित भएको लुटको भरपाई गराइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande