तस्कर पक्राउ, 9.80 लाखको ब्राउन शुगर जफत
तस्कर पक्राउ, 9.80 लाखको ब्राउन शुगर जफत


पटना, 2 दिसम्बर (हि.स.)। बिहारको किशनगञ्ज जिल्ला अन्तर्गत गलगलिया थाना क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) र बिहार पुलिसले संयुक्त कारबाही गर्दै 9.80 लाख रुपियाँको ब्राउन शुगरसितै एकजना तस्करलाई पक्राउ गरेको छ।

पुलिस मुताविक किशनगञ्जका पुलिस अधीक्षक सागर कुमारलाई गलगलिया थाना अन्तर्गत दरभंगिया टोलामा नशालु पदार्थहरूको किनबेच भइरहेको गुप्त सूचना प्राप्त भयो। सूचनाा बताइयो, सोनु कामती नामक व्यक्तिले आफ्नो घरबाटै ब्राउन शुगरको धन्दा गरिरहेको छ। मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै एउटा संयुक्त टीम गठन गरियो। टीमले तत्काल कारबाही गर्दै मंगलवार योजनाबद्ध ढंगमा दरभंगिया टोलास्थित संदिग्ध ठेगानाहरूमा छापा माऱ्यो। पुलिसलाई देखेर तस्करले भाग्ने चेष्टा गऱ्यो, तर जवानहरूले उसलाई समाते। जाँचबुझमा आरोपीले आफ्नो परिचय 24 वर्षीय सोनु कामती (पिता-सन्तोष कामती)-को रूपमा दिँदै आफू ब्राउन शुगरको अवैध कारबारमा सामेल रहेको स्वीकार गऱ्यो।

पुलिसले छापामारीमा 245 ग्राम ब्राउन शुगर जफत गऱ्यो जसको अन्तर्राष्ट्रिय बजारमा मूल्य 9 लाख 80 हजार रुपियाँ रहेको अनुमान लगाइएको छ। यस अतिरिक्त 2 हजार 520 रुपियाँ नेपाल मुद्दा, 30 वटा नाइट्राजेपाम (नशालु) ट्याबलेट, एउटा वजन गर्ने मशिन र एउटा मोबाइल फोन जफत गरिएको छ। यस मामिलामा गलगलिया थानामा सुसंगत धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande