
बलरामपुर, 2 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको बलरामपुर नगरस्थित फुलवरिया बाइपासमा मंगलवार भोर बिहान एक पीड़ादायी सड़क दुर्घटना भयो। अबेर राति लगभग 2:15 बजे सोनौलीदेखि दिल्ली तर्फ गइरहेको एक निजी यात्री बस र मालवाहक ट्रक आपस्तमा ठोक्कियो। बसको ठक्करले बस अनिन्त्रित भएर सड़क किनारमा पल्टिो अनि हेर्दा-हेर्दै आगोको गोलामा परिणत भयो। सूचना पाएर पुलिस अधीक्षक बलरामपुरको नेतृत्वमा ठूलो संख्यामा पुलिस बल अनि फायर ब्रिगेडको टीम घटनास्थलमा पुगेर घाइते यात्रीहरूलाई अस्पतालमा पुऱ्याो। एसपीले घटना बारेर जानकारी गराउँदै आवश्यक निर्देश दिए।
प्राप्त जानकारी अनुसार बस संख्या- UP22 AT 0245 सोनौलीदेखि दिल्ली गइरहेको थियो। फुलवरिया चौरस्तामा पुगेपछि विपरीत दिशाबाट आइरहेको ट्रक संख्या UP21 DT 5237-सित बस ठोक्कियो। घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने 24 जना मानिसहरू घाइते भए। पुलिस अनि यातायात पुलिसले तत्कालै राहत अनि बचाउ कार्य शुरू गऱ्यो। सबै घाइतेहरूलाई संयुक्त जिल्ला चिकित्सालय बलरामपुरमा पठाइयो जहाँबाट गम्भीर अवस्थामा घाइते पाँचजना मानिसहरूलाई मेडिकल कलेज बहराइच रेफर गरियो। फायर ब्रिगेडको टीमले कड़ा परिश्रम गरेर बस अनि ट्रकमा लागेको आगोलाई नियन्त्रण गऱ्यो।
पुलिस अधीक्षक विकास कुमारले बताए, सम्भवतः तीव्र ठक्करको कारणले ट्यांकीमा आगो लाग्यो जसले गर्दा सम्पूर्ण बस प्रभावित भयो। सबै बिन्दुहरूमा जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा