एटा सड़क दुर्घटनामा तीन युवकको मृत्यु, एकजना घाइते
एटा सड़क दुर्घटनामा तीन युवकको मृत्यु, एकजना घाइते


एटा, 2 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको एटा जिल्लामा मिरहची थाना क्षेत्रस्थित एटा कासगञ्ज रोडमा गए सोमवार अबेर राती एक द्रूत गतिको ट्रकले दुई वटा मोटर साइकललाई ठक्कर दियो। यस घटनामा तीनजना मानिसहरूको मृत्यु भयो भने एकजना युवक घाइते भए। पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर ममिलाको जाँच शुरू गरेको छ।

पुलिस अधीक्षक नगर श्वेताभ पाण्डेले मंगलवार बताए, एटाको कोतवाली देहात थाना क्षेत्र असरौली निवासी सन्दीप (28), आकाश उपनाम अनिल (26), कोतवाली नगरको गर्वी पुलिया ठण्डी सड़क निवासी वैभव जैन (35), एमपी नगर निवासी नृपेन्द्र (43) सोमवार दुई वटा बाइकमा सवार भएर कासगञ्जको सोरोस्थित गंगा परिक्रमा गर्न गएका थिए। अबेर राती उनीहरू आफ्नो घर फर्किरहेका थिए, यसै क्रममा एटा कासगञ्ज रोडमा अमृतपुर कट निकट द्रूत गतिको ट्रक नम्बर (यूपी 87 टी 8647)- ले दुवै मोटर साइकललाई ठक्कर दियो। दुर्घटनामा सन्दीप, वैभव र नृपेन्द्रको घटनास्थलमै मृत्यु भयो भने आकाश गम्भीर रूपमा घाइते भए। घटनापछि चालक वाहन छोड़ेर भाग्यो।

एसपी नगरले बताए, सड़क दुर्घटनालाई परिणाम दिने ट्रकलाई कब्जामा लिएर थानामा राखिएको छ। भगौड़ा चालकविरूद्ध मुद्दा दर्ता गरी खोजी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande