
सिलगढ़ी, 2 दिसम्बर (हि.स)। सिलगढ़ीको डांगीपाड़ा क्षेत्र निवासी सद्दाम हुसैन (30)-को संदिग्ध परिस्थितिमा मृत्यु भयो। वास्तवमा गए सोमवार अबेर राती लगभग 1 बजे देशबन्धु चित्तरञ्जन दास फ्लाइओभर नजिक सद्दामको रगताम्मे अवस्थामा फेला परेको शवलाई सिलगढ़ी थानाको एन्टी क्राइम विंगको पेट्रोलिंग भ्यानले जफत गरी जिल्ला अस्पतालमा पुऱ्याएको थियो। सद्दामसित रहेको मोबाइल फोन र दस्तावेजहरूको आधारमा पुलिसले उसको परिवारलाई सूचना दियो। खबर पाउनसाथ परिवार, आफन्त तथा स्थानीय मानिसहरू थानामा पुगे। परिवार अनुसार सद्दाम एक विवाह समारोहमा गएका थिए। राती लगभग 12 बजे घर फर्किरहेका थिए। यसैबीच बाटोमा के भयो, केही बुझ्न सकिरहेका छैनौं। परिवारको भनाइ छ, उ एकदमै स्वस्थ थियो। सद्दामको एकजना सानो नानी छ। उसको मृत्युको खबरले क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ। मंगलवार शवलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले वरपरका सीसीटीभी फुटेजको जाँच गर्न शुरू गरेको छ।
---
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा