
सम्भल, 02 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको सम्भल जिल्लाको श्रीकल्कि धामका पीठाधीश्वर आचार्य प्रमोद कृष्णमले एसआईआर मुद्दामा विपक्षको अडानप्रति चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने, सत्य यही हो कि विपक्षले भारतलाई बंगलादेश बनाउन चाहन्छ तर कहिल्यै सफल हुनेछैन। विपक्षले बिहार चुनाउमा आफ्नो हारलाई लुकाउन एसआईआर मुद्दा उठाइरहेको छ।
सम्भलको थाना ऐंचौड़ा कम्बोह क्षेत्रको श्रीकल्कि धाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्य कृष्णमले विपक्षी नेताहरूले आफ्नो मानसिक सन्तुलन गुमाइसकेको बताए। उनले भारतको एकता र लोकतन्त्रको लागि एसआईआरलाई आवश्यक बताए। उनले भने, विपक्षीहरूले यो मुद्दा उठाइरहेका छन् किनभने उनीहरू बिहारमा भएको हार पचाउन असमर्थ छन्।
आचार्य कृष्णमले बलियो प्रतिपक्षको वकालत गर्दै भने, नरेन्द्र मोदीलाई गाली गर्नु वा सर्वोच्च अदालत, संवैधानिक संस्थाहरू र निर्वाचन आयोगलाई चोर भन्नु विपक्ष होइन। भारतलाई बलियो प्रतिपक्ष चाँहियो, पागल वा दिवालिया विपक्ष होइन। आचार्यले आरोप लगाए कि विपक्षले यो देशलाई बंग्लादेश बनाउन चाहन्छ।
उनले स्पष्ट पारे कि एसआईआर राष्ट्रिय हितमा छ र भारतीयहरू मात्र भारतमा बस्नुपर्छ। उनले जोड दिँदै भने, भारतको माटो घुसपैठ गर्नेहरू, आतङ्कवादीहरू र तालिबानीहरूको लागि होइन।
ममता ब्यानर्जीको एसआईआरको विरोधबारे आचार्य कृष्णमले भने, उनले आईएसआई, पाकिस्तान र बंगलादेशको भाषा बोलिरहेकी छन्। उनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई आफ्नो बयानबाजी नियन्त्रण गर्न र सावधानीपूर्वक बोल्न सुझाउ दिए किनभने उनी एक वरिष्ठ नेता हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी