भाजपाका डा. प्रेम कुमार बिहार विधानसभाको अध्यक्ष निर्वाचित
डा. प्रेम कुमार बिहार विधानसभाको अध्यक्ष निर्वाचित


पटना, 2 दिसम्बर (हि.स.)। बिहार विधानसभाको शीतकालीन सत्रको दोस्रो दिन मंगलबार भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा विधायक डा. प्रेम कुमार निर्विरोध अध्यक्ष निर्वाचित भए। मुख्यमन्त्री नितिश कुमारले प्रेम कुमारको निर्विरोध निर्वाचनलाई स्वागत गरे।

अध्यक्ष निर्वाचित भएपछि प्रेम कुमारले सबै सदस्यहरूको लागि समान र निष्पक्ष रूपमा काम गर्ने बताए। उनले सभामा सबै महत्त्वपूर्ण मुद्दाहरूमा खुला र पारदर्शी रूपमा छलफल गरिने र सदनको कार्यवाही सुचारु रूपमा चल्ने पनि आश्वासन दिए।

उनले भने, हाम्रो उद्देश्य सदनको गरिमा र लोकतान्त्रिक प्रक्रियालाई कायम राख्नु हो। राज्यपाल र मुख्यमन्त्रीले प्रेम कुमारलाई अध्यक्ष निर्वाचित भएकोमा बधाई दिए। उनीहरूले यो बिहार विधानसभाको लागि सकारात्मक संकेत भएको र यसले राज्यमा लोकतान्त्रिक प्रक्रियालाई अझ बलियो बनाउने बताए।

आफ्नो पहिलो भाषणमा प्रेम कुमारले सबै विधायकहरूको सुझाउ र विचारहरूलाई सम्मान गर्ने र कुनै पनि प्रकारको पूर्वाग्रहबाट बच्ने पनि बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande