डिजिटल युगका जटिल चुनौतीहरूको सामना गर्न वैश्विक सहयोग जरूरी- वित्त मन्त्री
वित्त


नयाँ दिल्ली, 02 दिसम्बर (हि.स.)। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक गतिविधिहरूको डिजिटलीकरण र नयाँ वित्तीय उत्पादनहरू आउँदा वैश्विक अर्थतन्त्रले नयाँ चुनौतीहरूको सामना गरिरहेको बताएकी छन्। उनले यी मुद्दाहरूमा सबै क्षेत्राधिकारहरूले संयुक्त कदम चाल्नुपर्नेमा जोड दिइन्।

यहाँ आयोजित 18औं वैश्विक मंचको पूर्ण बैठकलाई सम्बोधित गर्दै वित्तमन्त्री सीतारमणले यी कुरा भनेकी हुन्। सीतारमणले भनिन्, नयाँ चुनौतीहरू छन् जसका लागि मिलेर काम गर्नु आवश्यक छ। आफ्नो सम्बोधनमा उनले विशेषगरी अर्थतन्त्रको डिजिटलाइजेशन, नयाँ वित्तीय उत्पादनहरूको उदय र लाभदायक स्वामित्वको परिवर्तनशील संरचनालाई औंल्याइन्।

उनले जोड दिइन् कि यी चुनौतीहरूको सामना गर्न सबै देशहरूबीच सामूहिक कारबाही धेरै जरूरी छ। उनले भनिन् कि देशहरूले सूचना साझेदारी सुधार गर्न मिलेर काम गरिरहेका छन्। त्यसैले हामीले गोपनीयता र साइबर सुरक्षामाथि धेरै ध्यान दिनुपर्छ। यी कुनै एक देशले एक्लै समाधान गर्नसक्ने चुनौतीहरू होइनन्। उनले भनिन्, समन्वय, विश्वास र महत्वपूर्ण जानकारीको समयमै आदानप्रदान आवश्यक छ।

उनले भनिन्, प्रौद्योगिकी र कृत्रिम बुद्धिमत्ताले हामीलाई समयमै र कुशलतापूर्वक जानकारी बुझ्नमा मद्दत गर्दछ तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निर्णय, जिम्मेवारी र प्रक्रियाको सम्मान हो। उनले थपिन्, नवाचार सधैं जवाफदेहितासँगै हिँड्नुपर्छ। यसले सन्तुलन प्रणालीहरूलाई बल र विश्वसनीयता प्रदान गर्दछ। यस अवसरमा केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी र वित्त मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

उल्लेख्य, 18औं वैश्विक मंच पूर्ण बैठक एक अन्तरराष्ट्रिय सम्मेलन हो, जसले ट्याक्स पारदर्शिता र अन्तरराष्ट्रिय सहयोग मार्फत अफशोर ट्याक्स चोरी विरुद्ध लड्नमाथि ध्यान केन्द्रित गर्दछ। यो बैठक दिसम्बर 2-4 सम्म भइरहेको छ। यसलाई आईसीडी ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एण्ड एक्सचेञ्ज अफ इन्फर्मेशन फर ट्याक्स पर्पस (ग्लोबल फोरम) द्वारा नयाँ दिल्लीमा आयोजना गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande