
नयाँ दिल्ली, 02 दिसम्बर (हि.स.)। संसदको शीतकालीन सत्रको दोस्रो दिन मंगलवार लोकसभाको कारबाही दुई पल्ट बाधित भएपछि दिउँसो 2 बजी पुनः शुरु भयो तर विपक्षले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) मा चर्चा गराउने मागलाई लिएर नाराबाजी र होहल्ला गरेको कारण केवल पाँच मिनटमै कारबाही भोली पल्ट बुधवारसम्मका लागि स्थगित गरियो।
विपक्षी सदस्यहरूले अध्यक्षको आसन निकट वेलमा पुगेर नाराबाजी गर्न थाले, जसका कारण सदनको कारबाही सुचारु रूपमा चल्न सकेन। पीठासीन अधिकारी अधिकारी दिलीप सैकियाले विपक्षी सदस्यहरूलाई शान्त भएर बस्न र सदनमा छलफल जारी राख्ने अपील गरे। उनले भने, देशका जनताले सदनको कारवाही हेरिरहेका छन् र आफ्ना मुद्दाहरूमा छलफल भएको सुन्न चाहन्छन्। उनले विपक्षीहरूलाई बारम्बार सदन अवरोध नगर्न र वेलमा हंगामा नगर्न अपील गर्दै यसलाई जनताको लागि हानिकारक बताए। यसपछि पीठासीन अधिकारीले केवल पाँच मिनटभित्र अर्थात् दिउँसो 2.05 बजी सदनको कारबाही भोली पल्ट बुधवार बिहान 11 बजीसम्मका लागि स्थगित गरे।
हिन्दुस्थान समाचार / भवानी थामी