युवकको गोली दागेर हत्या, आरोपी पक्राउ
युवकको गोली दागेर हत्या, आरोपी पक्राउ


रांची, 02 दिसम्बर (हि.स.)। रांचीको धुर्वा थाना क्षेत्रको सीठियोमा सोमवार राति आपसी विवादमा एक युवकको गोली दागेर हत्या गरियो। एसएसपी राकेश रञ्जनको निर्देशनमा पुलिस टीमले कारबाही गर्दै 12 घण्टाभित्र घटनामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ।

पुलिस अनुसार, 25 वर्षीय अरशद अन्सारी सोमबार राति आफ्नो घर नजिकै आगो ताप्दै बसिरहेका थिए, सोही समय मोटरसाइकलमा आएका हतियारधारी आक्रमणकारीहरूले उनलाई गोली हाने। उनको परिवार र छिमेकीहरूले उनलाई अस्पताल पुर्याेए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए।

अरशदको भाई मो. जिलानीले बताए, अरशदले पेन्ट-पुट्टीको काम गर्थ्यो। जमीन विवादसित उसको कुनै सराकोर छैन। अहिले पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande