फ्ल्याटमा खुल्ला स्पा सेन्टरमा वाराणसी पुलिसको छापामारी
फ्ल्याटमा खुल्ला स्पा सेन्टरमा वाराणसी पुलिसको छापामारी


वाराणसी, 02 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको वाराणसीमा सिगरा स्थित एक अपार्टमेन्टमा चलिरहेको स्पा सेन्टरमा छापमारीले खैलाबैला मच्चियो। यो फ्ल्याट एक राजनीतिक दलसित जोड़िएकी महिलाको नाममा छ।

सिगरा थानाका प्रभारी निरीक्षक मनोज मिश्राले बताए, गए राति सिगरा र महमूरगंजमा दुई ठाउँ पुलिस टीमले छापा मारेर स्पा सेन्टरको आड़मा चलिरहेको देह व्यापारको पर्दाफास गरेको छ। सिगरामा जुन फ्ल्याटमा स्पा सेन्टर चलिरहेको थियो, त्यो एक राजनीतिक दलसित जोड़िएको महिलाको नाममा छ। पूजा र निशा नाम गरेका महिलाहरूले यो फ्ल्याट उनीदेखि भाड़ामा लिएका थिए। पूजा, निशा समेत पक्रा परेका युवक र युवतीहरू विरूद्ध मुद्दा दर्ता गरिएको छ। पक्रा परेका युवतीहरूमा अधिकतर कम आयुका केटीहरू सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande