
गान्तोक, 2 दिसम्बर (हि.स.)। रम्फू पुलिसले संदिग्ध ब्राउन शुगरको साथमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम सरोज कामी (43), वाङचुक तामाङ (28) र बिनिता शर्मा (21) बताइएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, एउटा अल्टो वाहनमा रम्फूबाट सिङताम प्रतिबन्धित लागुऔषध ओसार-पोसार भइरहेको विश्वसनीय सूत्रहरूबाट पुलिसलाई सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा पुलिस दलले उक्त वाहनलाई अटल सेतु ब्रिज, रम्फूमा रोक्यो। सरोज कामीले चलाइरहेको वाहनमा वाङचुक तामाङ र बिनिता शर्मा पनि थिए।
कानूनी प्रक्रिया अनुरुप वाहनको जॉंच गरियो र वाहनबाट 15.65 ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो। पुलिसले आरोपीहरू विरुद्ध बीएनएस, 2023 को धारा 3(5) लगायत साडा 2006 र साडा (संशोधन) 2017 अन्तर्गत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल