
उरई, 20 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला जालौनमा रामपुरा थाना क्षेत्रको ग्राम छौनामा शुक्रवार अबेर राति एक किसानको बञ्चरोले काँटेर हत्या गरिएको छ। शुक्रवार बिहान घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुग्यो र फोरेन्सिक टीमको साथ साक्ष्य एकत्र गऱ्यो।
माधोगढ़का सीओ अम्बुज सिंहले भने, ग्राम छौनामा शंकास्पद अवस्थामा एक किसानको मृत्यु भएको खबर आएको छ। घटनास्थलमा पुगेपछि पुलिसले मृतक किसान वीरेन्द्र कुमारको शव खेत नजिकैको गोठमा रगतले लतपतिएको अवस्थामा फेला पारेको छ। उनको घाँटीमा बञ्चरो प्रहार गरिएको थियो, जसले गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ।
मृतककी पत्नीले पुलिसलाई बताइन् कि उनका पतिको हत्या सोही गाउँको एक युवक अखिलेशले गरेको हो। हत्या हुनुभन्दा अगाड़ी मृतक र अखिलेशबीच विवाद भएको खुलासा भएको छ। अखिलेशले रक्सी खाएर वीरेन्द्र कुमारको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ। घटनापछि अभियुक्त अखिलेश फरार छ।
मृतकको परिवारको बयानको आधारमा नामजद अभियुक्त अखिलेश विरुद्ध हत्याको मुद्दा दर्ता गरिएको सीओले बताए। उलाई पक्राउ गर्न छापा मारिएको छ। गाउँमा शान्ति र व्यवस्था कायम राख्न पर्याप्त पुलिस बल तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी