
मेदिनीपुर, 20 दिसम्बर (हि.स.)। आदिवासी समाजका न्यायोचित अधिकारहरू स्थापना गर्नुपर्ने मागमा भइरहेको आन्दोलन अझ बढ़ी संगठित बन्दै गइरहेको छ। गए शुक्रवार अबेर रातिसम्म बैठकहरू भइरहे जसमा आगामी 22 दिसम्बरको दिन मेदिनीपुर जिल्लाधिकारी कार्यालयमा प्रस्तावित जन-डेपुटेशनलाई ऐतिहासिक रूपमा सफल बनाउने रणनीति तय गरियो।
यसै क्रममा भारत जाकात माँझी पारगना महल, गड़बेता-तीन अन्तर्गत बुगड़ी मुलुकको गोलोकदा आयमा माँझी छटकामा गए शुक्रवार साँझ एक महत्वपूर्ण सांध्यकालीन हाते-बैठक कार्यक्रमको आयोजन गरिएको थियो। बैठकमा परगना बाबा एवं माँझी बाबाहरूले नेतृत्व गर्दै आन्दोलनको दिशामाथि विस्तार पूर्वक चर्चा गरे। बैठकमा बताइयो, आदिवासी समाजका अधिकारहरूको रक्षाको लागि दिन-रात अथक परिश्रम गरिँदैछ।
वक्ताहरूले दुई शब्दमा भने, न त थकान लागेको छ न त पछि नै हट्ने प्रश्न—एकमात्र लक्ष्य छ, 22 दिसम्बरको जन-डिपुटेशनलाई ऐतिहासिक सफलता दिलाउनु। अबेर रातिसम्म चलेको यस बैठकमा स्थानीय माँझी, गोड़ेत एवं, जागरूक आदिवासी समाजका मानिसहरूले प्रशासनिक उपेक्षा, संवैधानिक अधिकार औ संगठित जनआन्दोलनको आवश्यकतामाथि आ-आफ्नो विचार राखे। सबैले एकजुट भएर संघर्षलाई अझ तीव्र बनाउने संकल्प लिए। बैठकको अन्तमा भारत जाकात माँझी पारगना महल जिन्दाबाद, अविभक्त मेदिनीपुर जिल्ला महल जिन्दाबाद औ बुगड़ी मुलुक जिन्दाबादका नाराहरूले सम्पूर्ण क्षेत्र गुञ्जयमान भयो।
वक्ताहरूले स्पष्ट पारे, दाबी पूरा नहुञ्जेलसम्म आनन्दोलन निरन्तर जारी रहनेछ र आगामी 22 दिसम्बरको दिन आदिवासी अधिकारहरूको लड़ाईँको निर्णायक दिन साबित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा