सड़क दुर्घटनामा दुईजनाको मृत्यु
सड़क दुर्घटनामा दुईजनाको मृत्यु


तामुलपुर (असम), 21 दिसम्बर (हि.स.)। तामुलपुर जिल्लाको गोरेश्वर क्षेत्रमा भएको एक सड़क दुर्घटनामा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। पुलिसले आइतवार बतायो, बितेको राती तामुलपुरको गोरेश्वर तीन नम्बर बालाबाड़ी बरकसुला क्षेत्रमा द्रूत गतिको कार कल्भर्टसित ठोक्कियो जसले गर्दा कार सवार दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान सीआरपीएफ जवान राजू नार्जारी र असम टेक्सटाइलका चालक लखी बोड़ोको रूपमा भएको छ। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।

पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गर मामिलाको जाँच गरिरहेको छ। दुर्घटनाको कारण घना कुहिरो हुनसक्ने पुलिसको प्रारम्भिक जाँचमा बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande