
कोलकाता, 21 दिसम्बर (हि.स.)। बंगलादेशमा जारी हिंसा औ अशान्तिको स्थितिलाई मध्यनजर गर्दै कोलकातामा कुनै पनि प्रकारको अव्यवस्था फैलिन नदिने निर्देश जारी गरिएको छ। गए शनिवार अपरान्ह कोलकाता पुलिसको मासिक क्राइम मिटिंगमा पुलिस आयुक्त मनोज वर्माले यस सम्बन्धमा स्पष्ट निर्देश दिए।
सूत्र अनुसार पुलिस आयुक्तले बैठकमा भने, बंगलादेशको वर्तमान स्थितिले गर्दा यदि कोलकातामा कुनै पनि प्रकारको अशान्ति वा गड़बड़ी हुनसक्ने आशंका देखिनसाथ तत्कालै कठोर कदम उठाइयोस्। कोलकाता पुलिस अन्तर्गतका सबै संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी राख्नको साथै एसआईआरसित सम्बन्धित सुनवाई अवधि शहर विशेष गरी उपनगरहरूको थाना क्षेत्रमा कड़ा सतर्कता अप्नाउने निर्देश दिइएको छ।
यसबीच शहरमा चाड़-पर्वहरूको मौसम शुरू भएको छ। क्रिसमस आउन केही दिन मात्र बाँकी छ भने यसको लगत्तै नववर्ष छ। पुलिस आयुक्तले चाड़-पर्वमा कानून व्यवस्था तथा सुरक्षालाई कायम राख्न सबै थानाहरूलाई सतर्क रहन भनेका छन्। क्रिसमस र न्यू ईयरको राती शहरमा नाइट पार्टीहरूको आयोजन हुन्छ, त्यसैले अबेर रातीसम्म सड़कहरूमा मानिसहरूको व्यापक भीड़ रहन्छ। यस अवधि छेड़छाड़ वा महिलाहरूसित कुनै पनि प्रकारको अभद्रता नहोस् भनेर यसमाथि विशेष नजर राख्ने निर्देश दिइएको छ।
यस अतिरिक्त मातेर वाहन हाँक्नेहरूविरूद्ध कड़ा कारबाही गर्न भनिएको छ। साथै होटल अनि गेस्ट हाउसहरूमा नियमित खोजी अभियान संचालन गर्ने निर्देश पनि स्थानीय थानाहरूलाई दिइएको छ।
बैठकमा शहरी क्षेत्रहरूमा हालैमा भएको अग्निकाण्डहरूमाथि पनि चर्चा गरियो। दहनशील पदार्थहरूको भण्डारणसित सम्बन्धित गोदानहरूको लाइसेन्सको समीक्षा गर्ने आदेश दिइएको छ। यसको लागि सबै थानालाई आ-आफ्नो क्षेत्रमा अवस्थित ज्वलनशील वस्तुहरूको गोदामहरूको संख्या, त्यहाँ कुन किसिमको ज्वलनशील पदार्थ राखिन्छ आदिको जानकारी लिन भनिएको छ। कुनै पनि प्रकारको अनियमितता पाइए सम्बन्धित गोदानहरूविरूद्ध कानूनी कारबाही गर्ने निर्देश पुलिस आयुक्तले दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा