क्रिसमसको घोर विरोध गरिनेछः उज्जवल
क्रिसमसको घोर विरोध गरिनेछः उज्जवल


हरिद्वार, 21 दिसम्बर (हि.स.)। श्री गंगा सभाको गंगा सेवक दलका सचिव तिर्थ पुरोहित उज्ज्वल पण्डितले भनेका छन्, उत्तर प्रदेशको पर्यटन विभागद्वारा संचालित होटल भागीरथीमा आगामी 24 दिसम्बरमा हुन गइरहेको क्रिसमस कार्यक्रमको घोर विरोध गरिनेछ।

उनले भने, एकातिर हिन्दू पर्वहरूको केन्द्र उत्तर प्रदेश भइसकेको छ भने अर्कोतिर मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दू धर्मका ध्वजवाहक भएका छन्। यस्तो अवस्थामा उनकै विभाग उत्तर प्रदेश पर्यटन विभागद्वारा संचालित होटल भागीरथी जुन गंगाको तटमा स्थापित छ,-मा क्रिसमस आयोजन गर्नु भनेको हिन्दू धर्मावलम्बीहरूलाई सोझै चुनौती हो। यस किसिमको आयोजनलाई सहन गरिनेछैन। उनले अन्तमा भने, यदि कार्यक्रम हुन्छ भने त्यसलाई कुनै पनि मूल्यमा आयोजना हुन दिइनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande