अवैध प्रेम सम्बन्धको कारणले शेरपुरमा चक्कु रोपी युवकको हत्या
अवैध प्रेम सम्बन्धको कारणले शेरपुरमा चक्कु रोपी युवकको हत्या


हुगली, 21 दिसम्बर (हि.स.)। पश्चिम बंगालको हुगली जिल्लास्थित मोगरा थाना अन्तर्गत शेरपुर क्षेत्रमा एकजना महिलाको कथित प्रेमीले उसको पतिको चक्कुले प्रहार गरी हत्या गरिदियो। मृतकको पहिचान प्रसेनजीत दास (36)-को रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार केही समयअघि प्रसेनजीतकी पत्नी रत्ना दासको बलागढ़का युवक सुब्रत भक्तसित अवैध सम्बन्ध गाँसिएको थियो। समय बित्दै गएपछि आफ्नी पत्नीको चर्तिकला बारे पति प्रसेनजीतलाई थाहा लाग्यो। त्यसपछि पति-पत्नीबीच प्रायजसो नै विवाद हुन थाल्यो। उनीहरूको वैवाहिक जीवनमा फाँटो आयो। यी दुईको विवाह भएको 14 वर्ष भइसकेको थियो जसको एकजना सन्तान पनि छ।

मृतककी आमा कल्पना दासले सम्पूर्ण घटनाक्रमको लागि सोझै रूपमा बुहारीको प्रेमी सुब्रत भक्तलाई जिम्मेवार ठहराएकी छन्। उनको आरोप छ, गए शनिवार साँझ लगभग साढ़े सात बजे सुब्रत मातेर उनीहरूको घरमा आयो अनि ठूलो स्वरमा कराउन थाल्यो। उसले प्रसेनजीतको नाम उच्चारण गरेर उसलाई बाहिर बोलाउन थाल्यो। परिवारको कान्छो छोरा सुब्रतले यसको विरोध गर्दा सुब्रतमाथि नै कुटपिट गऱ्यो।

यसै अवधि कामबाट घरमा आएको प्रसेनजीतले आफ्नो भाइलाई कुटिरहेको देखेर उसलाई बचाउन पुगे। सुब्रतसित उसको चर्को बहस भयो। यसै अवधि सुब्रतले चक्कु निकालेर प्रसेनजीतमाथि हमला गऱ्यो।

स्थानीय मानिसहरूले तुरून्तै गम्भीर घाइते प्रसेनजीतलाई अस्पतालमा पुऱ्याए, तर डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। त्यसपछि पुलिसलाई सूचना दिइयो। खबर पाेर मोगरा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि आरोपीलाई हिरासतमा लिएर जाँचबुझ गर्न शुरू गऱ्यो।

मृतककी बहिनीले पनि घटनाप्रति गहिरो आक्रोश व्यक्त गरेकी छन्। उनको आरोप छ, रत्ना दास र सुब्रतबीच लामो समयदेखिकै अवैध प्रेम सम्बन्ध थियो। पत्नीले नै आफ्नो प्रेमीको माध्यमबाट आफ्नो पतिको हत्या गराएकी हो।

हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ भने क्षेत्रूमा तनाउ व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande