मणिपुर : अलग-अलग क्षेत्रबाट दुई उग्रवादी समातिए, विस्फोटक जफत
मणिपुर : अलग-अलग क्षेत्रबाट दुई उग्रवादी समातिए, विस्फोटक जफत


इम्फाल, 21 दिसम्बर (हि.स.)। मणिपुर पुलिसले इम्फाल ईस्ट र काकचिंग जिल्लामा अलग-अलग अभियान संचालन गरी प्रतिबन्धित उग्रवादी समूहका दुईजना सक्रिय सदस्यहरूलाई पक्राउ गरेको छ।

मणिपुर पुलिस मुख्यालय अनुसार अधिकारीहरूले इम्फाल ईस्ट जिल्लाको पोरोमपत पुलिस स्टेशन अन्तर्गत महाबली कबुई खुलबाट कोंथौजम प्रियोरंजन मैतेई (21)-लाई गए शनिवार पक्राउ गरे। पक्रा पर्ने आरोपीको पहिचान प्रीपाक (जी-5) का एकजना सक्रिय क्याडरको रूपमा भएको छ जसमाथि प्रतिबन्धित संगठनको लागि बलजफ्ती असुली र भर्ती गतिविधिहरूमा सामेल रहेको आरोप लागेको छ।

यसरी नै गत 19 दिसम्बरको दिन संचालित अभियानमा पुलिसले काकचिंग पुलिस स्टेशन अन्तर्गत काकचिंग लमखाईबाट थोकचोम मोमोचा मैतेई (28) जसलाई लमंगकपा नामले पनि चिनिन्छ,-लाई पक्राउ गऱ्यो। इम्फाल ईस्ट जिल्लाको नोंगडा आवांग लेइकाई निवासी लमंगकपा कथित रूपमा केसीपी (एमईएल)- का सक्रिय सदस्य हुन्।

यस अतिरिक्त सुरक्षा बलहरूले गए 20 दिसम्बरमा इम्फाल ईस्ट जिल्लाको थौबल ड्याम पुलिस स्टेशन अन्तर्गत मोंगल्हम बेस र वरपरका हिमाली क्षेत्रहरूमा खोजी अभियान संचालन गरी भारी मात्रामा विस्फोटकहरू जफत गरे जसमा लगभग 9 किलोग्रामको एउटा इम्प्रोवाइज्ड एक्सप्लोसिभ डिभाइस, तीन वटा जिउँदो 12 बोर राउण्ड र विभिन्न क्यालिबरको 13 वटा खाली कारतूस सामेल रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande