
गुवाहाटी, 21 दिसम्बर (हि.स.)। गुवाहाटी महानगरको नूनमाटी पुलिस थाना क्षेत्रमा एक अज्ञात व्यक्तिको शव भेटिएको छ। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचिएको छ।
पुलिसले आइतवार बतायो, थाना क्षेत्रको पथरक्वारीमा एकजना व्यक्तिको शवलाई नालामा देखिएको जानकारी पाउनसाथ पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई बाहिर निकाल्यो। त्यसपछि पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
मृतकको पहिचान नारायण राजवंशीको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा