एनजेपी जीआरपीको ठूलो कारबाही, जाली नोट तस्करीको खुलासा
एनजेपी जीआरपीको ठूलो कारबाही


सिलगढ़ी, 22 दिसम्बर (हि.स.)। एनजेपी जीआरपीको स्पेशल अपरेशन ग्रुप (एसओजी) टीमलाई ठूलो सफलता हात लागेको छ। ट्रेनको माध्यमद्वारा भइरहेको जाली नोट तस्करीको खुलासा गर्दै पुलिसले कामाख्या-अगरतला एक्सप्रेसबाट एक यात्रीलाई पक्राउ गरेको छ। आरोपीबाट कुल 2 लाख 74 हजार 500 को जाली नोट बरामद गरिएका छन्।

पक्रा पर्ने यात्रीको नाम एमडी अकरम अनवर (27) बताइएको छ। उनी बिहारको पूर्णिया जिल्ला निवासी हुन्।

जीआरपी सूत्रहरू अनुसार, आरोपी कामाख्या स्टेशनबाट ट्रेनमा चढेका थिए। एनजेपी रेलवे स्टेशनमा अगावै सतर्क एसओजी टीमले अभियान चलाएको थियो। आइतवार अबेर सॉंझ जब कामाख्या–अगरतला एक्सप्रेस प्लेटफर्म नम्बर तीनमा पुग्यो, तब टीमले ट्रेनमा खोजी अभियान चलायो।

शंकाको आधारमा आरोपीलाई हिरासतमा लिएर छानबिन गरियो। यस क्रममा उनको झोलाबाट एउटा कालो रंगको प्याकेट भेटियो, जसमा जाली नोटहरू थिए। प्राथमिक सोधपुछमा आरोपीले व्हाट्सएपको माध्यमद्वारा एक अज्ञात नम्बरबाट सम्पर्क गरिएको र कामाख्यामा एक व्यक्तिले जाली नोटहरू दिएर बिहार पुऱ्याउन लगाएको बताएका छन्। जीआरपीले मामिलाको गहन जॉंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande