नरेन्द्रपुरमा विवाहिताको संदिग्ध परिस्थितिमा मृत्यु, पति र ससुराली पक्षमाथि हत्या गरेको आरोप
नरेन्द्रपुरमा विवाहिताको संदिग्ध परिस्थितिमा मृत्यु, पति र ससुराली पक्षमाथि हत्या गरेको आरोप


कोलकाता, 23 दिसम्बर (हि.स.)। दक्षिण 24 परगनाको नरेन्द्रपुर क्षेत्रमा भएको एकजना विवाहिताको संदिग्ध मृत्युलाई लिएर क्षेत्रमा कोकोहोलो मचिएको छ। फोनमा कुरा गरेको निहुँमा शुरू भएको पारिवारिक विवाद बढ़्दै गएपछि मात्र शंकाको आधारमा पत्नीको हत्या गरिएको आरोप पति र ससुरालीका अन्य सदस्यहरूमाथि लागेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको अनुसन्धान कार्य शुरू गरेको छ।

मृतकाको पहिचान शुभ्रा सरदारको रूपमा भएको छ। बारुइपुर थाना अन्तर्गत कटकहाल क्षेत्र निवासी शुभ्रको सोशल मीडियाको माध्यमबाट नरेन्द्रपुरको केलेगोड़ निवासी राणा सरदारसित परिचय भएको थियो। बिस्तारै दुईबीच बातचित बढ़्दै गएपछि प्रेम सम्बन्ध गाँसियो। परिवारको सहमतिमा यसै वर्षको गत अप्रेल महिनामा यी दुईको विवाह भयो।।

विवाह भएदेखि नै दम्पत्तिबीच विवाद शुरू भयो। परिवार अनुसार शुभ्राले फोनमा बातचित गरेको विषयमा राणा सरदारले प्रायजसो नै झगड़ा गर्थ्यो। उसकी पत्नीको अन्य कसैसित सम्बन्ध रहेको उसलाई शंका लागेको थियो। यसै शंकाको कारणले घरेलु अशान्ति बढ़्दै गयो।

बितेको सप्ताह पौष मेलाको अवसरमा शुभ्रा आफ्नो माइत गएकी थिई। आइतवार ससुराले उसलाई घरमा लिएर आयो। यसको भोलिपल्टै अर्थात सोमवार अपरा्ह शुभ्राको मृत्यु भएको खबर उसको माइतमा पुग्यो। माइती पक्षको आरोप छ, शुभ्राको शरीरमा कैयौं चोटका निशानहरू थिए जसबाट स्पष्ट हुन्छ कि उसको हत्या गरिएको हो।

मृतकाका पिता मना सरदारले नरेन्द्रपुर थानामा लिखित सिकायत दर्ता गराएका छन्। सिकायतमा पति राणा सरदार, ससुरा भद्रेश्वर सरदार, सासु सुक्कुली सरदार अनि देवर राकेश सरदारको नाम उल्लेख गरिएको छ। पुलिसले हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। हाल पोस्टमर्टम रिपोर्टको प्रतीक्षा गरिँदैछ जसपश्चात मृत्युको कारणलाई लिएर स्थिति अझ स्पष्ट हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande