
कामरूप (असम), 23 दिसम्बर (हि.स.)। कामरूप (ग्रामीण) जिल्लाको रंगिया पुलिसले बंगलादेशमा भएको हिन्दू युवक दिपु चन्द्र दासको निर्मम हत्याको मामिलामा सोशल मीडियामा हत्यालाई समर्थन गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ।
पुलिसले मंगलवार बतायो, रंगियाको हाइवे चौकमा चिया दोकान चलाउने युवकको बुल्ला चियावाले नामक फेसबुक, इन्स्टाग्रामको अकाउन्टबाट बंगलादेशका युवकको हत्याको समर्थनमा पोस्ट गरिएपछि हिन्दू संगठनहरूद्वारा दर्ता गरिएको सिकातको आधारमा उसलाई पक्राउ गरिएको हो। उक्त युवकको पहिचान रंगियाको तीन नम्बर वार्ड निवासी शेख अख्तर अलीको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी युवकसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा