बिजुलीको तारको चपेटमा परी युवकको मृत्यु
बिजुलीको तारको चपेटमा परी युवकको मृत्यु


गुवाहाटी , 23 दिसम्बर (हि.स.)। गुवाहाटीको चाँदमारी क्षेत्रमा उच्च क्षमतायुक्त बिजुलीको तारको चपेटमा परी एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

पुलिसले मंगलवार बतायो, कि चाँदमारी क्षेत्रमा रेलवेद्वारा इलेक्ट्रिक इञ्जिनलाई चलाउनको लागि जड़ान गरिएको उच्च क्षमतायुक्त बिजुलीको तारको चपेटमा परेर एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने तेलको ट्याङ्कर आगो लाग्नदेखि बच्यो।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको रेलवे पुलिसको टीमले मृत व्यक्तिको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। अन्तिम सूचना पाउँदासम्ममा मृतकको पहिचान हुन सकेको थिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मृतकको पहिचान गर्नमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande