
श्रीभूमि असम, 23 दिसम्बर (हि.स.)। विश्वसनीय गोप्य जानकारीको आधारमा श्रीभूमि पुलिसले सीमा सुरक्षा बल (बीएसएफ)-सित संयुक्त रूपमा अभियान संचालन गरी एकजना ड्रग्स तस्करलााई पक्राउ गरेको छ। यस कारबाहीमा 50 हजार याबा ट्याबलेट पनि जफत गरिएको छ जसको अनुमाित बजार मूल्य लगभग दुई कड़ोर रुपियाँ रहेको बताइएको छ।
यो संयुक्त कारबाही जिल्लामा नशालु पदार्थको तस्करीविरूद्ध संचालित अभियान अन्तर्गत गरिएको हो। पक्रा पर्ने आरोपीसित जाँचबुझ गरिँदैछ साथै उसको नेटवर्कसित जोड़िएका अन्य तस्करहरूलाई खोज्नको लागि जाँच जारी छ।
असम पुलिसले दोहोऱ्यायो, राज्यमा नशालु पदार्थहरूको कारबारलाई जरैदेखि उखालेर फाल्नको लागि शून्य सहनशीलता र शून्य सम्झौताको नीति अन्तर्गत कड़ा कारबाही जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा