
कोलकाता, 23 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा जाड़ोको प्रभाव निरन्तर कायम छ। तथापि पछिल्लो दुई दिनदेखिको कोलकाताको तापमानमा सामान्य वृद्धि दर्ता गरिएको छ भने सोमवारपछि मंगलवार पनि शहरको तापमान सामान्यभन्दा थोरै अधिक रह्यो। मौसम विभागानुसार सोमवार कोलकाताको न्यूनतम तापमान 15.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.7 डिग्री अधिक हो। मंगलवार पनि त्यस्तै स्थिति रहेको छ।
मौसम विभागको भनाइ छ, बितेका केही दिनदेखिको घना कुहिरोको कारणले तापमान घटेको थियो, तर अब कुहिरोको प्रभाव घट्दै गएकोले तापमान सामान्यभन्दा केही माथि पुगेको छ। तथापि यो स्थिति धेर दिनसम्म रहँदैन। विभागले आफ्नो पूर्वानुमानमा बताएको छ, बिहीवार अर्थात क्रिसमसको दिनदेखि तापमान पुनः घट्नसक्छ र जाड़ोको प्रभाव पनि फेरि तीव्र हुनेछ।
मौसम विभागले स्पष्ट पारेको छ, हाल पश्चिम बंंगालको लागि कुनै पनि प्रकारको चेताउनी जारी गरिएको छैन। मौसम शुष्क रहनेछ जस्तो कि शीतकालको मौसममा आम रूपमा हुन्छ। आगामी एक हप्तासम्म राज्यको कुनै पनि जिल्लामा पानी पर्ने सम्भावना छैन। सबै जिल्लाहरूमा मौसम सफा छ।
उत्तर बंगालका जिल्लाहरूलाई लिएर मौसम विभागले बताएको छ, आगामी हप्ताको मौसममा कुनै ठूलो फेरबदल हुने सम्भावना देखिएको छैन। सालका अन्तिम दिनहरूमा राज्यवासीहरूले जाड़ोको आनन्द खुलेर लिन सक्नेछन्। यो हप्ताभरि नै घना कुहिरोको प्रभाव यथावत रहनसक्छ। मालदा समेत उत्तर बंगालका केही जिल्लाहरूमा पछिल्लो 24 घण्टामा तापमानमा विशेष ह्रास दर्ता गरिएको छ भने आगामी दिनमा पनि जाड़ो यथावत रहने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा