
नलबाड़ी (असम), 24 दिसम्बर (हि.स.)। नलबाड़ी जिल्लामा पाइकारकुची–केंदुकुचीलाई जोड़्ने मार्गमा एक सन्त्राषपूर्ण डकेटीको घटना घटेको प्रकाशमा आएको छ। अज्ञात उपद्रवीहरूले पेस्तोल देखाएर व्यापारीबाट दुई लाख रुपियाँ नगद लुटे। सूत्रानुसार घटना बितेको राती त्यसबेला भएको हो जतिबेला व्यापारी उक्त मार्ग भएर गइरहेका थिए। यसै अवधि उपद्रवीहरूले बाटो छेकेर उसलाई धम्काए अनि हतियारको बलमा उसित रहेको नगद रुपियाँ थुते। घटनापछि आरोपीहरू घटनास्थलबाट भागे।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। क्षेत्रमा नाकाबन्दी गरेर खोजी अभियान चलाइँदैछ। पुलिसले स्थानीय मानिसहरूसित जाँचबुझ गरिरहेको छ साथै आरोपीहरूलाई चिन्हित गर्ने प्रयास जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा