
मोरीगाउँ (असम), 24 दिसम्बर (हि.स.)। मोरीगाउँ जिल्लाको बरंगाबाड़ी क्षेत्रमा गए मंगलवार राती भएको एक हृदयविदारक सड़क दुर्घटनामा दुईजना साथीहरूको मृत्यु भयो। यो दुर्घटना त्यसबेला भएको हो जतिबेला एउटा मोटरसाइकल अनियन्त्रित भएर शिव मन्दिरको भित्तासित ठोक्कियो।
मृतकहरूको पहिचान विकास दास र अनुपम पातरको रूपमा भएको छ। यी दुई नै एउटै मोटरसाइकलमा सवार थिए। स्थानीय सूत्रानुसार द्रूत गतिको कारणले मोटरसाइकल अनियन्त्रित भयो परिणामस्वरूप भयानक दुर्घटना भयो। यस दुर्घटनामा दुवै युवकको घटनास्थलमै मृत्यु भयो। शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा