
कोलकाता, 25 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गए बुधवार राति क्रिसमसको अवसरमा सोशल मीडिया मञ्च ‘एक्स’-मा मानिसहरूलाई शुभकामना दिइन्। आफ्नो पोस्टमा उनले शान्ति, प्रेम एवं सौहार्दको सन्देश दिँदै सबैलाई ‘मेरी क्रिसमस’- को बधाई दिइन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेखिन्, “शान्तिको दीप घर-घर आओस्, प्रभुले हृदयमा वास गरून्…”
यस अवसरलाई विशेष बताउँदै ममता ब्यनर्जीले आफूद्वारा लेखिएको तथा संगीतबद्ध एउटा नयाँ गीतलाई पनि साझा गरिन्। उनले बताइन्, यस गीतलाई प्रसिद्ध गायिका श्रीराधा बन्द्योपाध्यायले स्वर दिएकी छन्। मुख्यमन्त्रीले भनिन्, क्रिसमसको पावन अवसरमा उनले आफ्नो यो गीत सबैसित साझा गरिरहेकी छन् ताकि शान्ति एवं सद्भावको सन्देश हरेक घरमा पुगोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा